नियम १२ख
निलम्बन भएमा पाउने तलब भत्ता

कुनै कर्मचारी समितिको कामको सिलसिलामा भएको कारबाईको फलस्वरुप निलम्बन भएमा सो निलम्बनको अवधिभर निजले आफ्नो तलब भत्ताको आधा मात्र पाउनेछ । तर लागेको आरोप प्रमाणित नभई निजले सफाई पाएमा निलम्बन रहेको अवधिमा आधा तलब भत्ता पाएको भए सो कट्टि गरी र नपाएको भए पूरै तलब भत्ता र तलब वृद्धि पाउने भए सो समेत पाउनेछ । कसुरदार ठहरिएमा निलम्बन भएको मितिदेखिको बाँकी तलब भत्ता पाउने छैन ।